दफा
शंका लागेमा हातहतियार, खरखजाना, ल्याउने लैजाने व्यक्तिहरूको खानतलासी लिई पक्राउ गर्ने

(१) इजाजतपत्र बेगर वा इजाजतपत्र भए तापनि कुनै गैरकानुनी काम गर्ने हेतुले कुनै व्यक्तिले हातहतियार वा खरखजाना निकासी वा पैठारी गरेको वा एक जिल्लाबाट अर्को जिल्लामा ओसार पसार गरेको शंका लागेमा सहायक निरीक्षक दर्जा वा सो भन्दा माथिल्लो दर्जाका प्रहरी अधिकृतले त्यस्तो व्यक्तिको जीउ र त्यस्तो वस्तु भएको शंका लागेको गाडी, पोका, भारी, बोक्ने जवानहरू र वसार पसार गर्दाको बाकसहरूलाई रोकी खानतलासी गर्न र त्यस्तो वस्तु फेला परेमा निजलाई विना वारेन्ट गिरफ्तार गर्न र त्यस्तो हातहतियार वा खरखजाना कब्जा समेत गर्न सक्नेछ ।

(२) यस दफा अन्तर्गत गिरफ्तार गरिएको व्यक्ति र बरामद भएको हातहतियार वा खरखजानालाई बाटोको म्याद बाहेक २४ घण्टा भित्र तुरुन्त मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्नु पर्नेछ ।